सुर्खेतमा हिमपात, किसान खुशी
वीरेन्द्रनगर नगरपालिका-१५ पंगालीडाँडामा परेको हिउँ । फोटो : जानकी खत्री

सुर्खेतमा शक्रबार हिउँ परेको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका वडामा तीन वर्षपछि हिउँ परेको हो । 

नगरका वडा नं १४ सिद्धपाइला, १५ को रतु र १६ को मेहेलीका माथिल्लो क्षेत्रमा हिउँ परेको हो । 

हिउँपरेपछि स्थानीय किसान खुशी भएका छन् । अर्गानिक तरकारी खेतीको पकेट क्षेत्र मानिने र पर्यटकीय क्षेत्रका रुपमा चिनिएको सिद्धापाइला, रातानाङ्लालगायतका क्षेत्रका किसान खुशी भएका हुन् ।

‘वर्षे आलु रोप्ने समयमा हिउँ परेपछि खुशी लागेको छ ’ स्थानीय जानकी खत्रीले भनिन्, 'यो साल आलु धेरै फल्ने भयो ।' उनले हिउँ परेपछि जमिन सुख्खा नहुने, किटाणु नलाग्ने र जमिन मलिलो हुने भएको कारण  खेतीपाती राम्रो हुने बताइन् । 

यस्तै कर्णालीका हिमालीलगायतका जिल्लामा समेत हिउँ परेको छ ।





  • प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार १५:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया