लता मंगेशकरको अवस्था गम्भीर, फेरि भेन्टिलेटरमा सारियो

भारतीय गायिकालता मंगेशकरको स्वास्थ्यावस्था गम्भीर बनेपछि फेरि भेन्टिलेटरमा सारिएको छ ।

उनलाई कोरोना संक्रमण भएपछि ८ जनवरीमा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । ९२ वर्षीया लता त्यसबेलादेखि आईसीयूमा छिन् ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार लता मंगेशकरको उपचारमा संलग्न डा. प्रतीत समधानीले लताको स्वास्थ्य बिग्रिएपछि भेन्टिलेटरमा सारिएको बताएका छन् । चिकित्सकको टोलीले उनको चौबिसै घन्टा निगरानी गरिरहेको उनको भनाइ छ ।

केही समयअघि मंगेशकरलाई भेन्टिलेटरबाट बारिर निकालिएको जानकारी आएको थियो । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ ।

त्यस्तै, मंगेशकरको मृत्युको हल्ला बाहिरिए थियो । त्यसपछि आफ्नो ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै परिवारका सदस्यले झुटो खबरमा ध्यान नदिन आग्रह गरेका थिए ।

यसअघि मंगेशकरलाई श्वासप्रश्वासमा समस्या भएपछि नोभेम्बर २०१९ मा अस्पताल भर्ना गरिएको थियो ।





  • प्रकाशित मिति : माघ २२, २०७८ शनिबार १४:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया