मनाङ सक्रिय कोरोना संक्रमित शून्य हुने पहिलो जिल्ला बनेको छ । नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएयता मनाङमा पहिलोपटक सक्रिय संक्रमितको संख्या शून्यमा पुगेको हो ।
हाल नेपालमा समग्र संक्रमण दर २०.१ प्रतिशत रहेको छ । यसमा पिसीआर विधिबाट २१.१ प्रतिशत तथा एन्टिजेन विधिबाट १८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमित मध्ये ५१ हजार ४३४ जना होम आइसोलेसनमा, १ हजार ३४६ जना संस्थागत आइसोलेसनमा, २५१ जना आइसियूमा तथा ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हाल देशभर ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ५ सयभन्दा सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।