राष्ट्रपति आज लुम्बिनी जाँदै

काठमाडाैं- लुम्बिनी बौद्ध विश्वविद्यालयको १४औं स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष समारोहका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाने भएकी छिन् ।

विश्वविद्यालयको स्थापना दिवसका अवसरमा उक्त विश्वविद्यालयको नवनिर्मित सातवटा भवन पनि उद्घाटन गरिने कार्यक्रम रहेको विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्ट्रार तिलक आचार्यले जानकारी दिए । विश्वविद्यालयले लुम्बिनी विकास कोष क्षेत्र परिसरभित्र चार र लुम्बिनी नजिकै खडैयामा तीन भवन निर्माण गरेको छ । 

बौद्धधर्मको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याउने नेपालका ख्यातिप्राप्त बौद्धधर्मका ज्ञाता र विश्वविद्यालयका पूर्वउपकुलपतिका साथै पूर्वरजिष्ट्रारलाई सम्मान पनि गरिने निमित्त उपकुलपति आचार्यले जानकारी दिए । विशेष समारोहमा प्रदेश नं ५ का प्रमुख उमाकान्त झा, सङघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतको सहभागिता रहने जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १०:१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया