भारतमा कोरोना : २४ घण्टामा १ लाख ६ हजार संक्रमित, ८६५ जनाको मृत्यु

भारतमा कोरोना संक्रमणदर लगातार ओरालो लागिरहेको छ । शुक्रबारको तुलनामा पछिल्लो २४ घण्टामा भारतमा २२ हजार कम संक्रमित भेटिएका हुन् । 

भारतमा शुक्रबार १ लाख २७ हजार व्यक्तिमा कोरोना पुष्टि भएको थियो । गत २४ घण्टामा त्यहाँ १ लाख ६ हजार नयाँ संक्रमित भेटिएका छन् । सो अवधिमा २ लाख १२ हजार व्यक्ति संक्रमणमुक्त हुँदा ८६५ जनाले ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि घटेको छ । भारतमा बिहीबार १ हजार ७२ र शुक्रबार १ हजार ५९ संक्रमितको मृत्यु भएको थियो । अहिलेसम्म भारतमा कोरोनाबाट ५ लाख १ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

हाल भारतमा १२ लाख १७ हजार सक्रिय संक्रमित छन् । अहिलेसम्म त्यहाँ ४ करोड २१ लाख व्यक्तिमा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ करोड ४ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् । 
 





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार ९:३०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया