प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा शनिबार राति उपचारका क्रममा निधन भएको हो ।
केही दिनदेखि बिरामी परेकी मंगेशकरलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पनि देखिएको थियो ।
मंगेशकरले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढीमा आवाज दिएकी छन् । साथै, उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।