निर्वाचनबाट सरकार पन्छिन मिल्दैनः पद्मा अर्याल

नेकपा (एमाले)का सचिव पद्मा अर्यालले निर्वाचनबाट सरकार पन्छिन नमिल्ने बताएकी छन् ।

प्रेस चौतारी नेपाल, बागलुङले आयोजना गरेको पत्रकार भेटघाटमा उनले आवधिक निर्वाचन टार्न खोजिए त्यो लोकतन्त्रविरुद्ध हुने बताएका हुन् ।

उनले छिटोभन्दा छिटो स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरिन् । 'संविधान, कानुनले तोकेअनुसार बेलैमा निर्वाचन हुनुपर्छ, स्थानीय तह पदाधिकारीविहीन स्थितिमा रहनसक्दैन, अर्को कुनै संरचनाले स्थानीय तहको अधिकार प्रयोग गर्न सक्ने परिकल्पना संविधानले गरेको छैन', नेत्री अर्यालले भनिन् ।

उनले संविधानको कार्यान्वयनमा कुनैपनि पक्षबाट आलटाल गरिए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने बताए । उनले भने, 'संविधानअनुसार देश चल्ने हो, हामीले संविधानलाई चलाउने होइन ।'





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १३:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया