लमजुङमा भूकम्पको धक्का
फाइल तस्वीर

लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३:२७ बजे ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर यही माग १३ गते राति १० बजेर ३४ मिनेट जाँदा २.५ रेक्टर स्केलको भूकम्प गएको  थियो ।

 गत जेठ ५ गतेयता महिनैपिच्छे भूकम्पका धक्का महसुस हुने गरेको छ । सो यता हालसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७८ आइतबार १६:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया