वायु प्रदूषणका कारण गर्भपतनकाे खतरा

वायु प्रदूषणले श्वासप्रश्वासको बिराम मात्र लाग्ने नभई गर्भपातको खतरा पनि हुने एक अध्ययनले देखाएको छ । वैज्ञानिकद्वारा गरिएको एक अध्ययनअनुसार वायु प्रदूषण गर्भवती महिला महिलाका लागि चिन्ताको विषय बनेको छ  । 
 
वायु प्रदूषण भएको ठाउँमा थोरै समयका लागि जाँदासमेत गर्भपतन हुने खतरा हुन सक्छ । एक नयाँ अध्ययनमा यो विषय पत्ता लागेको हो । वायु प्रदषणका कारण समयअगावै प्रसव हुनेजस्ता समस्या देखिन सक्छ । 

अमेरिकास्थित युटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाएअनुसार युटा राज्यको सबैभन्दा बढी मानव वस्ती भएको क्षेत्रमा रहने महिलाहरु जब वायु प्रदूषणको स्तर बढेपछि त्यसको सम्पर्कमा आएका महिलामा गर्भपतन हुने खतरा १६ प्रतिशतले बढेको थियो । सन् २००७ देखि २०१५ सम्म गरिएको अध्ययनमा १३ सय महिला समावेश थिए ।

अनुसन्धानकर्ताहरुको टोलीले हावामा तीन साधारण प्रदूषणयुक्त तत्त्व– अतिसूक्ष्म कण पिएम २.५, नाइट्रोजन अक्साइड र ओजोनको मात्र बढेर गएपछि तीनदेखि सात दिनको समयमा गर्भपातको खतराको जाँचेका थिए । टिमले नाइट्रोजन अक्साइड बढेका महिलाको गर्भपात हुने खतरा १६ प्रतिशतसम्म बढेर गएको पत्ता लगाएको छ ।   


 
 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १४:२९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया