इरानी राष्ट्रपति भन्छन् – अमेरिका ‘आर्थिक आतंकवाद’ मच्चाइरहेछ

तेहरान– इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकाले इरानविरुद्ध लगाएका प्रतिबन्ध ‘आर्थिक आतंकवाद’ भएको बताएका छन् । 

शनिबार इरान भ्रमणमा रहेका क्षेत्रीय अधिकारीहरूसँगको एक सम्मेलनमा राष्ट्रपति रौहानीले इस्लामिक राष्ट्रहरूको संयुक्त मोर्चा बनाई इस्लाम धर्म भएकै कारण दबाबमा परेका अरब राष्ट्रहरूको उन्नतिमा लाग्नुपर्ने बताए । क्षेत्रीय एकताबाट मात्र यो सम्भव हुने उनको बुझाइ छ । 

आर्थिक आतंकवाद इरानको अर्थतन्त्रमा संकट उत्पन्न गर्न र यसबाट अन्य मुलुकहरूमा लगानी भित्रिनबाट रोक्न ट्रम्प प्रशासनले रचेको चालबाजी भएको उनले बताए । 

अफगानिस्तान, चीन, पाकिस्तान, रुस र टर्कीका उच्च अधिकारी सम्मेलनमा सहभागी छन् । 





  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार १६:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया