उपत्यकामा ४३७ जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३७ जना कोभिड संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार १०४ पुगेको छ ।

सोमबार काठमाडौंमा ३५०, भक्तपुरमा २८ र ललितपुरमा ५९ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३८ हजार ८८३ जना होम आइसोलेसनमा, एक हजार २२८ जना संस्थागत आइसोलेसनमा, २२५ जना आइसियू तथा ४२ जना भेन्टिलेटरमा छन् । 





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया