बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले थप १३ लाख डोज खोप नेपाल पठाउने भएको छ । 

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्विटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् ।

 ‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड–१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउँदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्विटरमा लेखेकी छन् । 

उनले बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्नेसमेत जनाएकी छन् । उनले नेपाली जनताको सुरक्षाका लागि खोप सहयोग गर्न पाउँदा खुसी लागेको बताएकी छन् ।





  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार २१:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया