मेक्सिकोकी भनिसा बनिन् मिस वर्ल्ड २०१८, शृंखला टप १२ बाट बाहिरिइन्

काठमाडौं– चीन– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ। मेक्सिकोका लागि भनिसा पोन्सले सो उपाधि जितिन् ।

चीनको सान्यमा भएको अन्तिम प्रतियोगितामा बेलारुस, युगान्डा, जमाइका  र थाइल्यान्डका प्रतिस्पर्धीलाई पछि पार्दै मेक्सिकोकी भनिसा मिस वर्ल्ड बनेकी हुन् ।

मिस वर्ल्ड २०१८ घोषणा भएलगत्तै मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले उनलाई आफ्नो ताज हस्तान्तरण गरिन् ।

टप १२ बाट बाहिरिइन् शृंखला

नेपालकी शृंखला खतिवडा भने मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी थिइन् ।



एसिया एन्ड ओसियानाबाट टप १२ मा पुगेकी शृंखला अर्को चरण अर्थात् टप ५ मा प्रवेश गर्न सकिनन् । 

यसपटक पाँच महादेशबाट टप १२ छानिएको थियो ।



एसिया एन्ड ओसियानाबाट शृंखलासँगै न्युजिल्यान्डकी जेसिका टाइसन र थाइल्यान्डकी निकोलेन टप १२ मा पुगेका थिए ।

त्यसपछि, हरेक महादेशको विजेता घोषणा गरी टप ५ छानिएका थिए । 

श्रृंखला र जेसिकालाई पछि पार्दै मिस एसिया बनेकी थाइल्यान्डकी निकोलेन शीर्ष ५ मा पुगेकी थिइन् । 

  • प्रकाशित मिति : मंसिर २२, २०७५ शनिबार २०:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया