जनमत पार्टीका अध्यक्ष सिके राउतले मागे उम्मेदवारको नाम

सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समेत आगामी निर्वाचनका लागि तयारी थालेको छ ।

पार्टी अध्यक्ष डा. सिके राउतले उम्मेदवार सिफारिश/स्वघोषणा पठाउन परिपत्रमार्फत अनुरोध गरेका छन् । अध्यक्ष राउतले मंगलबार मातहतका कमिटीहरूमा एक परिपत्र गर्दै यस्तो आग्रह गरेका हुन् । 

परिपत्रमा नेपाल सरकारबाट २०७९ बैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन अनुरोध गरिएको छ । 

‘याद रहोस्, यो केवल सिफारिस हुनेछ, अन्तिम निर्णय होइन’, उनले भनेका छन्, ‘अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसलाई मूल्याङ्कन गरेर गर्नेछ ।’

अन्तिम निर्णय केन्द्रीय कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसहरूलाई मूल्याङ्कन गरेर गर्ने जनाइएको छ ।



जनमतले जिल्ला कार्यकारिणी समितिहरुले आगामी फागुन ५ गतेसम्ममा उम्मेदवारहरूको नाम सिफारिस गरिसक्न भनेको छ भने वडा/पालिका कार्यकारिणी समितिहरूले फागुन १५ गतेसम्म सिफारिस पठाउन सक्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, कभरेज/मजबूत अभियानका पर्यवेक्षकले सिफारिश पठाउने अन्तिम मिति फागुन ५ गतेका लागि निर्धारण गरिएको छ ।



विभिन्न समितिहरूको सिफारिसको अलावा उम्मेदवारहरूले आफ्नो उम्मेदवारीको स्वघोषणा समेत गरेर सोही फारममा पठाउन सक्ने उल्लेख छ ।

 

  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १४:५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया