सीमा समस्याबारे अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ : प्रवक्ता कार्की

चीनसँगको सीमा समस्याबारे सरकारले अध्ययन गरेर मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सीमा समस्याबारे अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका हुन् । ‘रिपोर्टको आधारमा होइन, वास्तविकताको आधारमा उपयुक्त समयमा राम्रोसँग अध्ययन गरेर सरकारले आधिकारिक धारणा सार्वजनिक गर्छ,’ उनले भने ।

भारत र चीनसँग सीमा समस्या आउन नदिन सरकार प्रयत्नशील रहेको भन्दै उनले विवाद देखिएका ठाउँमा कूटनीतिक ढंगले सरकारले समाधान गर्नेसमेत बताए । ‘हाम्रो सीमा चाहे भारतसित होस् या चीनसँग, सीमामा कुनै समस्या छन् भने ती समस्या हामी कूटनीतिक ढंगले समाधान गर्छौं । यी समस्याहरू आउनु हुन्न र आउन नदिनको निम्ति सरकार सधै प्रयत्नशील रहन्छ,’ उनले भने ।





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १६:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया