काठमाडाैं उपत्यकामा थपिए ४५१ काेराेना संक्रमित

काठमाडाैं उपत्यकामा थप ४५१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४५१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडौंमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै, पछिल्लाे २४ घण्टामा देशभर १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाएका छन् ।
 





  • प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार १७:२१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया