युक्रेन पुगे बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य

बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन् । उनीहरू युक्रेन र रुसको सीमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको अधिकारीहरूले जानकारी दिएका हुन् ।

रुसले युक्रेनको सीमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरू त्यहाँ पुगेका हुन् । युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफूहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन् । 

रुस, युक्रेन र पश्चिमा विश्वबीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो ।

रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् । रुसले भने यसलाई अस्वीकार गर्दै आउको छ । त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ ।

सैनिक तैनाथ भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन् । तर रुसले उनीहरूको दाबीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ । -एएनआई





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ७:१२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया