ओमिक्रोन भेरियन्ट आएपछि कोरोनाबाट विश्वभर ५ लाखको मृत्यु : डब्लुएचओ

कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ मानिसकाे सबैभन्दा ठूलाे शत्रु बनेकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोनलाई गत नोभेम्बरमा क्रिटिकल भेरियन्ट घोषणा गरेकाे थियाे ।

 डब्लुएचओका अनुसार ओमिक्राेन भेरियन्ट आएपछि विश्वभर पाँच लाखको मृत्यु भइसकेको छ भने अहिलेसम्म १३ करोड मानिस संक्रमित भएका छन् ।

सुरुदेखि नै अत्यधिक संक्रामक भएको ओमिक्राेन अझै पनि संसारभर सक्रिय छ । डेल्टा भेरियन्टको तुलनामा यसले नेपालमा खासै नोक्सान पुर्‍याएको छैन, तर विश्वभरका घटनालाई हेर्दा यसबाट पीडित हुनेको संख्या धेरै छ । 

डब्ल्यूएचओका एक अधिकारी अब्दी महमुदले ओमिक्रोन अहिले डेल्टाको रूप बनेको बताए ।

संक्रमित व्यक्तिमा कम गम्भीर स्वास्थ्य समस्या देखिए पनि भ्याक्सिन आविष्कार भइसकेपछि पनि पाँच लाख मानिसको मृत्यु हुनु दुःखद् कुरा रहेकाे उनकाे भनाइ छ ।

डब्ल्यूएचओकी अर्का अधिकारी मारिया भान केरखोभले ओमिक्रोन संक्रमित हुनेकाे संख्या आश्चर्यजनक रहेको बताइन् ।



उनका अनुसार यसकाे संक्रमण अघिल्लाे भेरियन्टकै बराबरमा भइरहेकाे देखिन्छ । यद्यपि अझै पनि केही देशमा यस भेरियन्टकाे संक्रमण पिक आउन बाँकी नै छ । 

केही सातादेखि ओमिक्राेन भेरियन्टबाट मर्नेहरूकाे संख्या वृद्धि भइरहेकाेमा उनले चिन्ता व्यक्त गरिन् ।



  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार ११:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया