हिमपातका कारण नाग्म–गमगडी सडक अवरुद्ध

जुम्लामा तेस्रोपटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताए ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको हो । कालिकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । 

हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ । उनका अनुसार घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लोपटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनः अवरुद्ध भएको स्थानीयवासी बताउँछन् । 

जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । 

आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ । 





  • प्रकाशित मिति : माघ २६, २०७८ बुधबार १८:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया