काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिओट्स जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार बिहान भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । शनिबार उद्घाटन खेलमा ललितपुर विराटनगर वारियर्ससँ ३ विकेटले पराजित भएको थियो ।
टस जितेर पहिले ब्याट्रि गरेको ललितपुरले सबै बल खेल्दै ५ विकेटको क्षतिमा १ सय ४३ रन जोडेको थियो । १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवन ८ विकेटको क्षतिमा १ सय ३२ रनमा सीमित भयो ।
ललितपुरका लागि सन्दीप जोराले ८ बल बलमा ३ छक्का र १ चौकाको सहयोगमा २५ नटआउट २५ रन जोडे । त्यसैगरी, सोनु तामाङले पनि २४ बलमा ३ छक्का र १ चौकाको सहयोगमा नटआउट ३५ रन बनाए ।
बलिङमा भने ललितपुरका सन्दीप लामिछानेले ३ विकेट लिए । ललितपुरकै सनी पटेलले २ विकेट लिए ।
चितवनका ओपनरद्वय दिलीप नाथ र पाउल स्टलिङ समान १ रनमा आउट भएपछि चितवन दबाबमा रह्यो । तर, दीपेन्द्रसिंह ऐरीले चितवनका लागि ४५ बलमा ४१ रन जोड्दै टिमलाई बलियो बनाएका थिए । त्यस्तै, कप्तान पृथु बाँस्कोटाले २६ रन बनाए । तर उनीपछि ब्याट्सम्यान चल्न नसक्दा चितवन हार व्यहोर्न बाध्य भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।