सरकारले फेरि घटायो बजेटको आकार, ८६ अर्ब खर्च नहुने
फाइल तस्वीर

सरकारले फेरि बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार साढे ८६ अर्ब रुपैयाँले घटाएका हुन् ।

सरकारले १५ खर्ब ४६ अर्ब अर्थात् ९४.७ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान गरेको छ । बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ ।

अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड र पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड खर्च गर्ने सरकारी लक्ष्य छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य थियो ।

यसअघि मन्त्री शर्माले अध्यादेशमार्फत तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको बजेटको आकार करिब १५ अर्ब रुपैयाँ घटाएका थिए ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १५:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया