कठपुतली पुन: दर्शकमाझ आउने

नेपाली कथानक चलचित्र ‘कठपुतली’ पुन: दर्शकमाझ आउने भएकाे छ । सरकारले आगामी फागुन १ गतेबाट सिनेमाहल खाेल्न  अनुमति दिएसँगै कठपुतली दर्शकमाझ आउन लागेकाे हाे।

चलचित्र गत १६ पुसमा सार्वजनिक भएकाे थियाे । तेस्राे सातामा प्रदर्शन भइरहेकाे बेलामा काेराेना संक्रमण बढेपछि सरकारले हल बन्द गर्दा प्रदर्शन राेकिएकाे हाे ।

हरर जनरामा बनेकाे चलचित्रमा मिथिला शर्मा, गाैरी मल्ल, कर्मा, शिल्पा मास्के, ध्रुव काेइराला लगायतका कलाकारहरूकाे अभिनय रहेकाे छ । 

चलचित्रका निर्देशक भीमसेन लामा हुन् भने निर्माता पृथ्वी राना मगर हुन् ।





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १२:३५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया