रविइन्दरको शतकमा भैरहवाको रोमाञ्चक जित

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आइतबार भएको दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले विजयी सुरुआत गरेको छ ।

आफ्नो पहिलो खेलमा भैरहवाले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको हो । भैरहावालाई जिता दिलाउने क्रममा रविइन्दर सिंहले नटआउट शतक प्रहार गरे । 

टस जितेर ब्याटिङ रोजेको पोखराले २ सय १५ रनको सानदार योगफल तयार परेको थियो । तर, त्यो जितको लागि पर्याप्त भने भएन । पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल योगफल तयार पारेको थियो । 

२ सय १६ रनको लक्ष्य पछ्याएको विराटनगरले २ बल बाँकी छदा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

रविइन्दरको विस्फोटक ब्याटिङ भैरहवाका लागि जितको मुख्य कडी बन्यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उनले ६० बलमा ८ चौका र १० छक्कासहित १ सय २५ बनाए । 

भैरहवाको सुरुआत भने राम्रो भएन । दोस्रो ओभरको पहिलो बलमा पहिलो विकेटको रुपमा हरिशंकर शाहलाई गुमाउँदा भैरहवाको खातामा १२ रन मात्रै थियो । एक बल मात्रै खेलेका हरिशंकरलाई विक्रम सोबले डकआउट गरे । 



सोही ओभरको अन्तिम बलमा सोबले अर्का ओपनर प्रदीप ऐरीलाई पनि आउट गरे । उनले व्यक्तिगत १४ रन जोड्दा भैरहवाको जम्मा १६ रन थियो । तेस्रो विकेटको लागि रविइन्दरसँग साझेदारी गर्न खोजेका रायन पनि व्याक्तिगत १६ रनमा आउट भए । 

भैरहवाका लागि अरिफ शेखले २३ रन बनाउँदा पुनीत मेहरा १८ रनमा नटआउट रहे । 



पोखराले ७ जना बलर प्रयोग गर्दा पनि भैरहवालाई रोक्न सकेन । पोखराका सुशन भारी, विक्रम सोब र पल कोग्लिनले समान २ विकेट लिए भने अन्य बलरले विकेट लिन सकेनन् । 

यसअघि, पोखराले सानदार सुरुआत गरेको थियो । पहिलो विकेटको रुपमा रिचर्ड लेभीलाई गुमाउँदा उसले १ सय ४ रन जोडेको थियो ।

आठौँ ओभरको दोस्रो बलमा कृष्ण कार्कीबाट आउट हुनुअघि उनले ७९ रन बनाएका थिए । ३६ बलको सामना गरेका उनले ७ चौका र ७ छक्का प्रहार गरे । 

यस्तै, १५औँ ओभरमा दोस्रो विकेटको रुपमा सुनील धमलालाई गुमउँदा पोखराको बोर्डमा १ सय ७६ रन थियो । उनले २३ बलमा १ चौका र २ छक्काको सहयोगमा ३८ रन जोडेका थिए ।

तर, अर्काे एक रन जोड्दा पोखराले तेस्रो विकेटको रुपमा कप्तान कायल कोट्जरलाई गुमायो । उनी ३७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४७ रन जोडेर आउट भए । 

भैरहवाका लागि अभिनास बोहोरा, कृष्ण कार्की, पुनीत मेहरा र रायन टेनले समान १ विकेट लिए । 

त्रिवि क्रिकेट मैदानमा भोलि पनि दुई खेल हुनेछन् । पहिलो खेल चितवन र काठमाडौंबीच हुनेछ भने दोस्रो खेलमा ललितपुर र पोखरा भिड्नेछन् । 
 

  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार १८:४५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया