नेटो प्रमुख र बेलायती प्रधानमन्त्रीबीच युक्रेन समस्याबारे छलफल

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उत्तर एटलान्टिक सन्धी संगठन, नेटोका प्रमुख जेन्स स्टोल्टबर्गबीच भेटवार्ता भएको छ । हाल बेल्जियमको भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री जोनसन र नेटो प्रमुख जेन्सबीचमा बिहीबार ब्रसेल्समा छलफल भएको हो ।

भेटमा पछिल्लो समयमा रुस र युक्रेनमा देखिएको समस्याका बारेमा कुराकानी भएको बताइएको छ । भेटमा नेटोका प्रमुख जेन्सले रुसका कारण युक्रेनमा उत्पन्न हुन लागेको भनिएको अवस्था युरोपको सुरक्षाका लागि पनि चासोको विषय रहेको बताएका थिए ।

उनीहरूको भेटपछि आयोजित पत्रकार सम्मेलनमा नेटो प्रमुख जेन्सले भनेका छन्, ‘रुसका कारणले हाल देखिएको अवस्था निकै नै खतरनाक रहेको छ । नेटोले अहिले पनि रुस–युक्रेन समस्याको समाधान वार्ताको माध्यमबाट नै खोज्नुपर्छ भनेको बताउनुभएको छ ।’  

युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो संख्यामा रुसी सेना राखेको छ । रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको अमेरिकासहित पश्चिमा देशहरूको दाबी छ । तर रुसले भने यो आरोपको खण्डन गर्दै आएको छ । -सिन्ह्वा





  • प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार १३:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया