काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा एपिएफले सरस्वती युथ क्लबलाई ३–० गोलअन्तरले हरायो ।
एपिएफका लागि रुपबहादुर लामाले २ गोल गरे । उनले खेलको १८औँ तथा ८७औँ मिनेटमा गोल गरे । अर्को गोल युवराज लामाले ४३औँँ मिनेटमा गरेका थिए ।
जितसँगै एपिएफ १० अंकसहित लिगको सातौँ स्थानमा छ भने सरस्वती क्लब ६ अंकसहित नवौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।