गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्णरूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तार भएको जनाउँदै उनीहरूले रिहाइका लागि माग गरे ।
शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि जनमत पार्टीका नेताले माग गरेको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।
सो अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।