कांग्रेस नगर सभापति पौडेललाई सर्वोच्चले दियो सफाइ

सुनसरी– अपहरण तथा शरीर बन्धकको मुद्दा खेपिरहेका नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।

पौडेलसँगै सोही मुद्दामा जिल्ला अदालतबाट देषी ठहर भएका नेविसंघका पूर्व केन्द्रीय सदस्य सूर्य राई र रोशन तामाङलाई पनि सर्वोच्चले सफाइ दियो । 

उनीहरुमाथि २०६९ सालमा इटहरीका दुर्गाबहादुर अधिकारीलाई अपहरण गरी पैसा लुटेको अभियोग लागेको थियो । तास खेल्ने क्रममा अधिकारीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा पौडेललाई जिल्ला अदालत सुनसरीले साढे ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो ।

यो फैसलाविरुद्ध पौडेलले तत्कालीन पुनरावेदन अदालत विराटनगरमा पुनरावेदन दिएका थिए । पुनरावेदनले जिल्ला अदालतले दिएको सजाय घटाएर २ वर्ष कैद र २५ हजार जरिवाना कायम गरेको थियो । पुनरावेदनको फैसला पनि चित्त नबुझेपछि उनी सर्वोच्च गएका थिए ।

जिल्ला र पुनरावेदन अदालतको फैसलालाई उल्ट्याउँदै सर्वोच्चले उनीसहित तीनैजनालाई सफइ दिएको हो । 





  • प्रकाशित मिति : मंसिर २३, २०७५ आइतबार २१:१३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया