अमेरिकी नागरिकलाई ४८ घन्टाभित्र युक्रेन छाड्न अमेरिकाकाे आदेश

रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्नसक्ने भन्दै अमेरिकाले फेरि चेतावनी दिएको छ । अमेरिकाले युक्रेनमा रहेका आफ्ना नागरिकहरूलाई आगामी ४८ घण्टाभित्र युक्रेन छोड्न आदेश दिएकाे हाे ।

अन्य धेरै देशहरूले पनि आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन् । जसमा बेलायत, क्यानडा, नेदरल्याण्ड, लाटभिया, जापान र दक्षिण कोरिया पर्छन्।

रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ । यद्यपि आक्रमण गर्ने योजनालाई भने उसले बारम्बार अस्वीकार गर्दै आइरहेकाे छ ।

रुसको विदेश मन्त्रालयले पश्चिमा देशहरूले गलत सूचना फैलाएको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसी सेनाले कुनै पनि ठूलो सैन्य कारबाही गर्न सक्ने स्थितिमा पुगेको बताए

‘हामी भविष्य बताउन सक्दैनौं । हामीलाई के हुन्छ भन्ने ठ्याक्कै थाहा छैन, तर जोखिम अहिले उच्च छ र यो छोड्ने सही निर्णय हो’,  उनले भने ।
 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार ११:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया