आफ्ना कर्मचारीलाई युक्रेन छाड्न अमेरिकाको निर्देशन

अमेरिकाले युक्रेनमा आफ्नो दूतावासका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको छ । रसियाले जुनसुकै बेला युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपतकालीन सेवाबाहेकका कर्मचारीलाई युक्रेन छाड्न निर्देशन दिएको हो । 

अबको केही दिनमै रसियाले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको अमेरिकाको दाबी छ । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गर्नेछन् । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले पनि रसियाका परराष्ट्रमन्त्रीसँग शनिबार टेलिफोन वार्ता गर्ने भएका छन् । 

रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेको भन्दै बेलायत, जर्मनी, अस्ट्रेलियालगायत देशले पनि आफ्ना नागरिकलाई जतिसक्दो छिटो युक्रेन छाड्न निर्देशन दिइसकेका छन् । 

रसियाले युक्रेनको सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको छ। समस्या समाधानका लागि हालसम्म गरिएका कूटनीतिक प्रयासहरू असफल भइसकेका छन् । 

बेलायत र अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै आएका छन्। तर, उक्त दाबीलाई रसियाले भने अस्वीकार गर्दै आएको छ। 





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १८:४७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया