बार एसोसिएसनले आइतबारबाट भौतिक रूपमै आन्दोलन गर्ने

नेपाल बार एसोसिएसनले आइतबारबाट भौतिक रूपमै पुनः आन्दोलन गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघर्षरत बारेको कोरोना महामारीको तेस्रो लहर बढेसँगै आन्दोलनका कार्यक्रम रोको थियो ।  

शनिबार विज्ञप्ति जारी गर्दै एसोसिएसनले फागुन १ गतेदेखि हरेक दिन भौतिक रूपमा १ घण्टासम्म सर्वोच्च अदालतकेन्द्रित आन्दोलन जारी रहने जानकारी दिएको छ । 

बारले न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन र प्रधानन्यायाधीश जबराको राजीनामा हुनुपर्ने माग राख्दै आएको छ ।





  • प्रकाशित मिति : माघ २९, २०७८ शनिबार १९:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया