सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल: आज दुई खेल हुँदै

काठमाडाै‌ं– सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग विहान ११ बजे प्रतिस्पर्धा गर्दै छ ।

आर्मी लिगको चौथो स्थानमा र बीबीसी ११औं स्थानमा छन् । ६ खेलबाट चार खेलमा जित र दुई खेलमा बराबरी गरेको आर्मी लिगकाे चाैथाैं स्थानमा रहेकाे छ भने बिग्रेड ब्वाइज ११ अाैं स्थानमा छ । 

त्यस्तै, एन्फा कम्प्लेक्समै आज हुने अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसाे २:३० मा हुनेछ । 

लिगको शीर्ष स्थानमा रहेको मनाङको ६ खेलबाट १८ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको थ्रीस्टारको सात खेलबाट १८ अंक नै रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ८:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया