रवि तेजाकाे ‘खिलाडी’ रिलिज हुँदाहुँदै फस्याे विवादमा

हालै रिलिज भएको साउथ स्टार रवि तेजाको फिल्म खिलाडी रिलिजसँगै विवादमा परेको छ ।

बलिउड निर्देशक रतन जैनले फिल्मकाे निर्माताविरुद्ध फिल्मको नामलाई लिएर दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेसँगै विवादमा परेकाे हाे ।

वास्तवमा, बलिउड अभिनेता अक्षय कुमारको १९९२ मा रिलिज भएकाे फिल्मको नाम पनि खिलाडी थियो, जसलाई रतन जैनले निर्देशन गरेका थिए । 

रतन जैनले फिल्मकाे टाइटलका लागि स्वीकृति नलिएको आरोप लगाएका छन् ।

एक अन्तर्वार्तामा क्रममा रतनले भने, ‘हामीसँग खेलाडीको नामको ट्रेडमार्क दर्ता छ । यो ट्रेडमार्क सम्पूर्ण देशको लागि हो । मनोरञ्जन क्षेत्रमा कसैले पनि खिलाडीले नामको शीर्षक प्रयोग गर्न सक्दैन । सबसे बडा खिलाडी, खतरों के खिलाडी जस्ता अन्य फिल्मकाे कुरा फरक छ ।   तर खिलाडी हाम्रोमात्र ट्रेडमार्क हो ।’ 

फेब्रुअरी ११ मा मुद्दाको सुनुवाइ गर्दा न्यायाधीशले फिल्मको रिलिजमा रोक लगाउन ढिलो भइसकेको बताएका थिए ।



यता रतनले भने फिल्मको रिलिज रोक्न नचाहेको पनि स्पष्ट पारेका थिए ।

खिलाडी फिल्म रिलिज हुनुभन्दा २ दिन अगाडिमात्र फिल्मको ट्रेलर रिलिज भएकाे हाे ।



रतन जैनले यस्ता खाले क्रियाकलाप बढ्दै गएर धेरै समस्या निम्तिने पनि बताए । 

अब यस मुद्दाकाे सुनुवाइ १६ फेब्रुअरीमा हुनेछ । 

  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार ९:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया