शीतकालीन ओलम्पिकमा जर्मनीको अग्रता कायमै, कडा टक्कर दिँदै नर्वे

चीनको बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा शनिबारसम्मको खेल सकिँदा जर्मनीले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

शीर्ष स्थानको जर्मनीले आठ स्वर्ण र पाँच रजत र एक कास्यसहित कुल १४ पदक हात परेको छ । जर्मनीलाई पछ्याइरहेको नर्वेको आठ स्वर्ण, तीन रजत र ६ कास्यसहित कुल १७ पदक छ।

पाँच स्वर्ण, पाँच रजत र एक कास्यसहित कुल ११ पदक हात पारेको अमेरिका तेस्रो स्थानमा रहँदा चौथो स्थानको नेदरल्यान्ड्स पाँच स्वर्ण, चार रजत र २ कास्यसहित ११ पदक जितेको छ। 

पाँच स्वर्ण, दुई रजत र तीन कास्यसहित १० पदक जितेको स्विडेन पाँचौं स्थानमा रहँदा छैटौं स्थानको अस्ट्रियाले अस्ट्रिया चार स्वर्ण, छ रजत र चार कास्यसहित कुल १४ पदक हात पारेको छ । 

तीन स्वर्ण, चार रजत र १ कास्यसहित सहित कुल आठ पदक जितेको आयोजक चीन सातौं स्थानमा छ । आठौं स्थानको रिसयन ओलम्पिक कमिटीले तीन स्वर्ण, चार रजत र ६ कास्यसहित १३ पदक हात पारेको छ ।  

दुई स्वर्ण, पाँच रजत र चार कास्यसहित ११ पदक हात पारेको इटाली नवौं तथा दुई स्वर्ण तीन रजत र पाँच कास्यसहित कुल १० पदक जितेको जापान १० औं स्थानमा छन् ।



स्लोभानियाले दुई स्वर्ण, एक रजत र दुई कास्य, स्विट्जरल्यान्डले दुई स्वर्ण र पाँच कास्य तथा फान्सले एक स्वर्ण र ६ रजत हात पारेका छन् ।

क्यानडाको एक स्वर्ण, चार रजत र आठ कास्य तथा अस्ट्रेलिया र दक्षिण कोरियाको समान एक स्वर्ण, दुई रजत र एक कास्य रहँदा फिनल्यान्डको एक स्वर्ण, एक रजत र दुई कास्य छ ।



चेक गणतन्त्रले समान एक स्वर्ण र कास्य जित्दा न्युजिल्यान्ड र स्लोभाकियाले समान १ स्वर्ण हात पारेका छन् ।

बेलारुस र स्पेनको समान १ रजत पदक छ । हंगेरीले दुई तथा लात्भिया र पोल्यान्डले समान एक कास्य हात पारेका छन् । 

  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १०:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया