प्रतिक्रियावादी शक्तिले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेकाे प्रचण्डकाे आराेप
फाइल फाेटाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार गिराउने प्रयास गरिरहेको आराेप लगाएका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले यस्ताे आराेप लगाएका हुन् ।

उनले भने, ‘अहिले कुनै तरिकाले यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकारलाई गिराउनको निम्ति, निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरू छन्, भइराखेका छन्, हामीले देखिरहेका छौँ । देश तथा विदेशमा विभिन्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन् । हामीले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अघि सारेका थियाैँ र तिनै मान्यताका आधारमा गठबन्धन बनाएका हौँ।’

गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अघि सारेको बताउँदै सोही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।

यसैगरी, अध्यक्ष दाहालले संविधानकाे रक्षा, लाेकतान्त्रिक गणतन्त्रकाे रक्षा र राष्ट्रियताकाे रक्षामा एकमत भएर गठबन्धन सरकार बनेकाे पनि जिकिर गरे ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:३९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया