प्रतिगमन, प्रतिक्रान्तिका षड्यन्त्रलाई परास्त गर्न कम्युनिस्टहरू एकजुट हुनुपर्ने बेला भएकाे छ : प्रचण्ड
फाइल फाेटाे

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन, प्रतिक्रान्तिका षड्यन्त्रलाई परास्त गर्न कम्युनिस्टहरू एकजुट हुनुपर्ने बेला भएको बताएका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले यस्ताे बताएका हुन् 

जनयुद्धमा भएका त्याग र  बलिदानलाई शिराेधार्य गरेर कम्युनिस्टहरू एकतावद्ध भई जनयुद्धलाई सफल बनाउन आवश्यक रहेकाे उनकाे भनाइ छ ।

अध्यक्ष दाहालले भने, ‘जो प्रतिगमन, प्रतिक्रान्तिका षड्यन्त्र छन्, तिनलाई परास्त गर्नको निम्ति म सबै माओवादीहरूलाई आग्रह गर्दछु । म आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई कम्तीमा प्रतिगमनकाबिरुद्ध, प्रतिक्रान्तिको षड्यन्त्रका बिरुद्ध, माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका बिरुद्ध फेरि एकपटक एकतावद्ध हुन विशेष रूपले अपिल गर्न चाहन्छु । हामी सबैले आत्मसमीक्षा गरौँ, कसले कहाँकहाँ के कति कमजोरी गरियो, खुला हृदयले आत्मसमीक्षा गर्न तयार हौँ । हामी सबै क्रान्तिकारी कम्युनिस्टहरू, माओवादीभन्दा बाहिर भएका पनि क्रान्ति, आन्दोलन, परिवर्तनप्रति इमान्दार कम्युनिस्टहरू सबै एकतावद्ध हुन जरुरी छ । त्यसरी मात्रै हामीले राष्ट्रिय स्वाधीनता र सुदृढीकरण, लोकतन्त्रको रक्षा र सुदृढीकरण र समाजवादको यात्रातिर अघि बढ्न सकिन्छ ।’

अध्यक्ष दाहालले माओवादी घटकहरु सबैले एकपट आत्मालोचना गरेर सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई एकतावद्ध हुन अपिलसमेत गरे ।

उनले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपञ्चहरु भइरहेको समेत बताए ।
 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:५१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया