लामो निन्द्राले मुटु रोगको खतरा बढ्न सक्छ

एजेन्सी– आवश्यकताभन्दा धेरै निदाउँदा मुटुमा समस्या बढ्न सक्ने एक अध्ययन देखाएको छ । चीनको म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजमा भएको एक रिसर्चले धेरै निदाउने मानिसहरुमा मुटु रोगको खतरा बढ्ने बताएको छ । 

अनुसन्धानमा २१ देशका ११,७०० मानिसहरु सहभागी थिए । जसको उमेर ३५ देखि ७० वर्षको बीचमा थियो । यो अनुसन्धान ८ वर्षसम्म चलेको थियो । जसमा १ हजार मानिसहरु जो राती ६ देखि ८ घण्टा निदाएका थिए, उनीहरुमध्ये ७.८ प्रतिशत मानिसमा मुटु रोग (हार्ट फेल्योर) को समस्या देखिएको थियो । 

त्यस्तै ८ देखि ९ घण्टा सुत्ने १ हजार मानिसमध्ये ८.४ प्रतिशत र ९ देखि १० घण्टा सुत्ने मानिसहरुमा १०.४ प्रतिशत मानिसमा मुटुसम्बन्धी रोग देखिएको थियो । 

म्याकमास्टर एन्ड पिकिङ युनियन मेडिकल कलेजका प्रोफेसर चुआंगसी वाङका अनुसार धेरै निदाउने मानिसमा मुटु रोग हुने र ज्यान नै जानेसम्मको खतरा देखिन्छ । उनी भन्छन् ‘शरीरमा भएका विभिन्न समस्याले गर्दा पनि मानिसहरु लामो समयसम्म निदाउँछन्, जसले झन् मुटु सम्बन्धी समस्या बढाउँछ । 

युरोपियन हार्ट जर्नलमा प्रकाशित यस रिसर्चका अनुसार लामो निद मुटु रोगको कारण हुने बताएपनि कम निदाउँदा टाउकोमा कस्तो असर पर्छ त्यो अनुसन्धानमा उल्लेख गरेको छैन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार ११:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया