चितवनको लगातार दोस्रो हार, काठमाडौं ६ विकेटको विजयी

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल)अन्तर्गत सोमबार भएको दोस्रो खेलमा काठमाडौं किङ्स ११ ले चितवन टाइगर्समाथि ६ विकेटको जित दर्ता गरेको छ । दुई खेल खेलेको चितवनको दुवै खेलमा पारजित भएको छ । यसअघिको पहिलो खेलमा चितवन ललितपुर पेट्रियट्ससँग १० विकेटले पराजित भएको थियो ।
 
टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १ बल बाँकी छँदा सबै विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । १ सय ६१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ७ बल बाँकी छँदा ४ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंलाई जिताउने क्रममा सुब्रमनिया आनन्दले नटआउट ४३ रनको योगदान गरे । उनले १८ बलमा १ चौका र ४ छक्कासहित ४३ रन जोडेका थिए । 
यस्तै, सागर पुनले ३९, नरेश बुढायरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाउँदा अमर रौतेलाले नटआउट २१ रन जोडे ।
 
काठमाडौंको ४ विकेट लिनेक्रममा चितवनका शाहब आलमले २ विकेट लिए । यस्तै, ललित राजवंशी र पल स्ट्रिलिङले १÷१ विकेट लिए । 

यसअघि १ सय ६० रन जोड्ने क्रममा चितवनका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक रन जोडे । ४० बलको सामना गरेका ऐरीले ४ चौकाको सहयोगमा ४५ रन बनाएका थिए ।  यस्तै, चितवनका पल स्ट्रलिङले ३४, सन्दीप सुनारले २५ तथा कप्तान पृथु बास्कोटाले नटआउट २० रनको योगदान गरे ।
 
अलआउट गर्ने क्रममा काठमाडौंका प्रदीप साहु र संसाद सेखले ३÷३ विकेट लिए । यस्तै, सागर पुन, केभिन ओ ब्रायन र अमरसिंह रौटेलाले १÷१ विकेट लिएका थिए । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १३:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया