प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमा जनमोर्चाको पनि समर्थन

सत्तारुढ प्रमुख तीन दलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता गरेको महाअभियोग प्रस्तावमा राष्ट्रिय जनमोर्चाले पनि समर्थन जनाएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का सांसदको हस्ताक्षरमा आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । 

आइतबारै एक प्रेस विज्ञप्ति जारी गरी जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले महाभियोगमा आफ्नो पार्टीको समर्थन रहेको जनाएकी छिन् । उनले भनेकी छन्, ‘संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु।’

प्रतिनिधि सभामा पौडेल जनमोर्चाकी एक मात्र सांसद छन्। महाअभियोग प्रस्ताव दर्ता गर्दा समन्वय हुन नसकेका कारण आफ्नो हस्ताक्षर नभए पनि संसदमा प्रस्तावको पक्षमा मत जाहेर गर्ने उनले जनाएकी छन्। 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया