दक्षिण अफ्रिकाः अव्यवस्थित शहरीकरणका कारण चिहानको अभाव

एजेन्सी– दक्षिण अफ्रिकाको जोहान्सबर्गमा शव गाड्न चिहानको अभाव भएको छ । मानिसहरु मृत्यु भएका परिवारका सदस्यहरुको अन्तिम संस्कारका लागि पुरानै चिहानको प्रयोग गरिरहेका छन् । प्रत्येक हप्ता शहरमा ५० देखि ६० चिहानहरु पुनः खनिन्छन्, जसमा पहिला गाड्ेको शवको माथिल्लो भागमा नयाँ शव गाडिन्छ । 

जोहान्सबर्ग दक्षिण अफ्रिकाको आर्थिक हब हो । बढ्दो जनसंख्या र आप्रवासीहरुको संख्या बढ्नाले शहरी क्षेत्रमा मानिसको चाप उच्च छ । दक्षिण अफ्रिकाका अधिकारीहरुका अनुसार सक्दो छिटो जनसंख्या नियन्त्रण नगरे अबका ५० शवलाई गाड्न ठाउँ हुँदैन् । 

जोहान्सबर्ग क्षेत्रमा फैलिएको अव्यवस्थित शहरीकरण र उच्च जनसंख्या नै यसको प्रमुख कारण रहेको छ । 

शहरमा चिहान क्षेत्रको प्रबन्ध गर्ने विभागका म्यानेजर रेजी मोलाई अन्य क्षेत्रबाट आएका मानिसका कारण चिहानका लागि खुल्ला जमिन नरहेको बताउँछन् । जसमा विदेशी नागरिकहरु पनि छन् । 

अधिकारीका अनुसार जोहान्सबर्गमात्रै होइन्, दक्षिण अफ्रिकाका अन्य शहरमा पनि चिहानका लागि ठाउँ छैन् । यो भन्दा पहिला डरबनमा करिब तीन दशक पहिला यही समस्या आएको थियो । एचआइभी÷एड्स र राजनीतिक कारणबाट मर्ने मानिसको संख्या बढेपछि उक्त समस्या आएको थियो । 

दक्षिण अफ्रिकाको सिमिट्री एसोसिएशनका चेयरम्यान डेनिस इंगका अनुसार मानिसहरुले चिहानको समस्या छिट्टै अन्त्य हुने आशा गरेका छन् । यो अवस्थामा पहिला प्रयोग गरिसकेको चिहानलाई पुनः प्रयोग गर्ने वा शवलाई जलाउने जस्ता विकल्पको बारेमा सोच्न जरुरी रहेको इंग बताउँछन् । तर, अफ्रिकी समुदायमा शव जलाउनुलाई अप्राकृतिक र गैर–पारम्पारिक मानिन्छ । 



अफ्रिकामा शवलाई जलाउने मन्जुरी पाउन निकै मुश्किल छ । मानिसहरु मृत शरीर जलाउनुलाई नर्कको आगोमा जलेको जस्तो महसुस गर्छन् । मानिसलाई पूर्णरुपमा भगवानको साथमा पठाउनुपर्ने उनीहरुको विश्वास छ, जसकारण मानिस जलाउनलाई उनीहरु गलत सम्झिन्छन् ।

चिहानको समस्या समाधान गर्न दक्षिण अफ्रिकी सरकारले तत्काल कानुन बनाउने प्रस्ताव गर्न सक्छ । जसको माध्यमबाट चिहानका लागि सरकारले जमिन उपलब्ध गराउन सक्छ र रंगभेद र उपनिवेशवादपछि देखिएको असमानतालाई अन्त्य गर्न सक्छ । योसँगै मानिसहरुले चिहानको लागि खाली ठाउँ पाउन सक्छन् । 



  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १४:९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया