मातृभाषा राष्ट्रिय कविता महोत्सवः ४६ कविता छनोट (सूचीसहित)

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय कविता महोत्सव २०७८ का लागि ४० भाषाका ४६ कविता छनोट गरेको छ । 

मातृभाषाका ९७ कविता प्राप्त भएकोमा ४६ कविका कविता छनोट गरिएको प्रज्ञाले जनाएको छ । 

अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२२ का अवसरमा ९ फागुनमा प्रतिष्ठान कविता महोत्सव आयोजना गर्ने भएको छ ।

महोत्सवका लागि प्रतिष्ठानले अछामी, अठार मगर खाम, अवधी , उर्दु, उराँव, केवरत, खस, गुरुङ, घले, चाम्लिङ राई, जिरेल, डोटेली, ढुट मगर, ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थारु डंगौरा, थारु मध्य (चितवनिया), थुलुङ, दनुवार, दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, बज्जिका, वान्तवा राई, वायुङ राई, भोजपुरी, मगही, मेचे, मैथिली, राजवंशी, वाम्बुले राई, शेर्पा, सन्थाली, सुनुवार, संस्कृत र हायु भाषाका कविता छनोट गरेको छ ।





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार २०:८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया