सर्वोच्च बारले भन्यो : प्रधानन्यायाधीशविरुद्धको महाभियोग सकारात्मक

सर्वोच्च अदालत बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता हुनु सकारात्मक भएको जनाएको छ । 

देशभरकै कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । 

आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गर्दै भनेका छन्, प्रतिनिधिसभाका ९८ जना माननीय सदस्यहरुले प्रधानन्यायाधीश राणाका विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरी न्यायालयमा भएका विकृति, विसंगति तथा भ्रष्टाचार नियन्त्रणका लागि चालेको कदमले न्यायालयभित्रका समस्याको समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने  यस बारको ठम्याइ छ ।’





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार २१:५:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया