ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु
सांकेतिक तस्बिर

खाेटाङमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा हलेसी तुवाचुङ नगरपालिका-१० अर्खाैले नवलपुरका शेखर मगर रहेका छन् । 

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान ऐसेलुखर्कबाट हलेसीतर्फ जाँदै गरेको स १ त ७७३३ नम्बरको ट्याक्टर साेमबार अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएकाे हाे ।

 ट्याक्टर सडकबाट करिब ७५ मिटर तल खसेकाे र चालक मगरकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टरका मालिक हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका ३२ वर्षीय नगेन्द्र राईलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडाैं ल्याइएकाे छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । 



घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १४:१९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया