सेयर बजारमा दोहोरो अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा सोमबार पनि सेयरको मूल्यमा दोहोरो अ‌ंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार एक सय ४४ दशमलव १९ बिन्दुमा पुगेको छ ।

 प्रतिशतका आधारमा सोमबार बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २ सय ४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कुल १ सय ६३ कम्पनीको १२ लाख ६४ हजार ३ सय ४० कित्ता सेयर ४३ करोड ६७ लाख ५२ हजार ८ सय ५५ मूल्यमा खरिद–बिक्री भएका छन् । 

स्टकका अनुसार सोमबार कारोबार भएका कुल १० उपसमूहमध्ये दुई उपसमूहका सेयर भने घटेका छन् । यस्तै, आठ उपसमूहको सेयर भने बढेको छ । उत्पादन दुई दशमलव ५१ र अन्य दुई दशमलव ७९ बिन्दुले घटेको छ । 

बैंकिङ १३ दशमलव ४३, होटल २३ दशमलव ८७, विकास बैंक १८ दशमलब ८, जलविद्युत् पाँच दशमलव एक, वित्त चार दशमलव चार, निर्जीवन बिमा ७२ दशमलव शून्य पाँच, लघुवित्त १८ दशमलव शून्य आठ र जीवन बिमा ९८ दशमलव ६९ बिन्दुले बढेको छ । 

स्टकका अनुसार रैराङ हाइड्रो पावर कम्पनी, नयाँ नेपाल लघुवित्त विकास बैंक, समिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज कमाएका छन् । यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी इक्विटी फन्ड, हिमालयन डिस्टिलरी, नागबेली लघुवित्त विकास बैंक, जलविद्युत् लगानी तथा विकास कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीले गुमाएका छन् । 

यसैबीच, सेयर बजारमा सुधारको माग राख्दै रिले अनशनमा बसेका लगानीकर्ताको अनशन सोमबार पनि जारी रह्यो । स्टकको कार्यालयअगाडि बजार सुधारका लागि सरकारले तत्काल पहल थाल्नुपर्ने भन्दै उनीहरुले आइतबारदेखि रिले अनशन सुरु गरेका हुन् । 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १६:५८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया