पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २२६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
संक्रमितमध्ये काठमाडौंमा १८१, भक्तपुरमा १५ र ललितपुरमा ३० जना रहेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टा देशभर ७४७ संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
यही अवधिमा २ हजार ३१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।