रेखा थापाले गरिन् विवाह !

अभिनेत्री रेखा थापाको विषयमा बारम्बार चर्चा भइरहेको हुन्छ । यसअघि निर्देशक तथा निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरेपछि रेखाको नाम विभिन्न अभिनेता तथा निर्देशकहरुसँग पनि जोडिएको थियो । 

तर, आफ्नो विवाहको विषयमा रेखाले अहिलेसम्म बाहिर आधिकारिक रुपमा केही बताएकी छैनन् । बरु उनले अहिलेसम्म विवाहको विषयमा सन्चारकर्मीले गरेको प्रश्नमा जवाफ दिँदै आएकी छिन्– विवाहका लागि त केटा चाहियो नि केटा !

यसअघि उनले वैशाखमा विवाह गर्ने तयारी गरेको समाचार बाहिरिएका थिए । यसबारे पनि रेखाले रमाइला खालका जवाफ दिने गरेकी थिइन् । तर, अब उनले विवाह गरेको समाचार बाहिर आउन थालेका छन् ।

१२ माघमा नै उनले अदालतमा गएर कोर्ट म्यारिज गरेको भन्दै समाचार बाहिरिएका छन् । तर, यसबारे रेखा थापाले आधिकारिक जवाफ चाहिँ दिएकी छैनन् । बरु उनले १४ फ्रेबुअरीमा भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्नो फेसबुकमा चाहिँ प्रणय दिवसको शुभकामना दिएकी छिन् । 

उनले फेसबुकमा लेखेकी छिन्, ‘प्रणय दिवसको शुभकामना । प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउँदै जाओस् । डर, दासता र हिंसाबाट मुक्त हुँदै आफूलाई आफूजस्तै मानव देख्न सकौँ ।’

बाहिर आएका समाचारहरुअनुसार चाहिँ रेखाले १२ माघमा नै जाजरकोट घर भएका प्रेमी बलराम शाहीसँग अदालतमा पुगेर विवाह गरेकी हुन् । विवाह गरेकी रेखाले यसबारे कहिले बोल्लिन् ? केही दिन त अब पक्कै पर्खिनु पर्ने हुन्छ ।





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १७:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया