कर्णालीका युवासँग किन विवाह गरिन् रेखाले ? उनले बताइन् यस्तो कारण

अभिनेत्री रेखा थापाले विवाह गरेको समाचार सोमबार दिउँसो बाहिरिएपछि उनले लुकाउन चाहेको यो विवाह खुलेको छ । यसअघि नै उनले वैशाखमा विवाह गर्ने भन्ने समाचार आएको थियो । 

तर, रेखाले यसबारे अहिलेसम्म खुलेर कुरा गरेकी थिइनन् । वैशाखमा विवाह गर्दै हुनुहुन्छ रे नि भन्ने प्रश्नमा समेत रेखाले पत्रकारहरुलाई आफूले केटा नपाएको जवाफ दिँदै आएकी थिइन् ।

रेखाले चाहिँ सुटुक्क अदालतमा पुगेर १२ माघमा नै विवाह गरिसकेकी रहिछिन् । विवाहको समाचार बाहिर आउन थालेपछि चाहिँ उनले यसबारे खुलेर कुरा गर्न थालेकी छिन् । उनका अनुसार वैशाखमा विवाह गर्ने भनिए पनि वैशाखमा लगन नभएकाले माघमा नै उनले विवाह गरेकी हुन् ।

जाजरकोट घर भएका बलराम शाहीसँग रेखाले विवाह गरेकी हुन् । शाही चाहिँ अहिले अमेरिका बसोबास गर्छन् । आखिर रेखाले किन रोजिन् त कर्णाली ?

यसबारे उनले आफू कर्णाली क्षेत्रसँग आकर्षित भएको जवाफ दिएकी छिन् । १० वर्षअघि निर्माता छविराज ओझासँग डिभोर्स गरेकी रेखा केही समयअघि भएको राप्रपाको महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार थिइन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भइन् । तर, अब उनले आफूले राजनीतिलाई निरन्तरता दिने बताउँदै आएकी छिन् ।





  • प्रकाशित मिति : फागुन २, २०७८ साेमबार १८:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया