अन्तरप्रदेश समस्या समाधानका लागि कार्यदल गठन

काठमाडौं– संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीचको राजनीतिक, कानुनी र आर्थिकलगायत विषयका विवाद समाधान गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा ६ सदस्यीय उच्चस्तरीय कार्यदल गठन गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सम्पन्न अन्तर प्रदेश परिषद्को पहिलो बैठकले सो कार्यदल गठन गरेको र कार्यदलले आउँदो पुस ३ गते प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

कार्यदलमा अर्थमन्त्री डा. युवराज खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, प्रदेश नं २ का मुख्यमन्त्री लाबाबु राउत र प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल छन् । कार्यदलको सदस्य सचिवमा मुख्यसचिव लोकदर्शन रेग्मी छन् । 

संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन तथा अधिकारको व्यावहारिक बाँडफाँटका सम्बन्धमा देखिएका विवाद समाधान गर्ने निकाय मानिएको परिषद्को बैठक आइतबारदेखि सुरु भएको थियो । नेपालको संविधानको धारा २ सय ३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रदेश परिषद्को व्यवस्था छ । 
 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया