तीनजना सवार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एकजना घाइते

रूपन्देहीमा  मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

तीनजना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान चार बजे अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुवै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रूपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १०:३२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया