युक्रेन छाड्न आफ्ना नागरिकलाई भारतीय दूतावासको सूचना

तनाव बढ्दै गएपछि युक्रेनको राजधानी किफस्थित भारतीय दूतावासले त्यहाँ बसोबास गर्ने भारतीय नागरिकका लागि सूचना जारी गरेको छ । भारतीय दूतावासले जारी गरेको सूचनामा युक्रेनको वर्तमान अवस्थालाई ध्यानमा राख्दै त्यहाँबाट स्वदेश फर्किन भारतीयलाई अपिल गरिएको हो ।

दूतावासले युक्रेनमा बस्ने भारतीय र विशेषगरी विद्यार्थीलाई जरुरी नभए स्वदेश फर्किन आग्रह गरेको जनाएको छ । दूतावासले भारतीय नागरिकलाई युक्रेनभित्र अनावश्यक यात्रा नगर्न पनि भनेको छ । दूतावासले युक्रेनमा रहेका भारतीय नागरिकलाई आफ्नो अवस्थाबारे जानकारी पनि आग्रह गरेको छ ।

दूतावासले आफूले पनि सामान्य रूपमा काम गरिरहेको जानकारी दिएको छ । केही महिनादेखि रुस र युक्रेनबीच तनाव जारी छ । पछिल्लो समय यहाँको अवस्था झनै बिग्रिएको छ । 

अमेरिकालगायत धेरै पश्चिमी देशले रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने बताएका छन् । तर, रुसले यसलाई अस्वीकार गर्दै आएको छ । यद्यपि, पछिल्ला दिनमा रुसले युक्रेनसँगको सीमामा आफ्ना सेनाको संख्यामा उल्लेख्य वृद्धि गरेको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०७८ मंगलबार १२:४०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया