चीनले बुझायो केरुङ–काठमाडाैं रेलमार्गसम्बन्धी प्रतिवेदन
डिपिआरको खर्च कसले बेहोर्ने अझै टुंगो लागेन

काठमाडौं– चीनले केरुङ–काठमाडौँ रेलमार्गसम्बन्धी प्रारम्भिक संभाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । सोमबार आयोजित एक कार्यक्रममा चीनले सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएको हो ।

प्रारम्भिक सम्भाव्यता प्रतिवेदनअनुसार काठमाडौं–केरुङको  ७२ किमि लामो रेलमार्ग निर्माण गर्न दुई खर्ब ७५ अर्ब लाग्ने देखिएको छ ।

चीनले बुझाएको यही प्रतिवेदनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा रेलमार्गको डिपीआर बनाउने विषयमा चीन र नेपालबीच समझदारी भए पनि डिपीआरको मोडालिटीको विषयमा भने अझै टुंगो लागेको छैन ।

चाइना रेलवे फस्र्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले प्रस्तावित यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको हो । केरुङ–काठमाडौं रेलमार्गबारे चीन सरकार र नेपाल सरकाबीच दुई चरणमा छलफल भइसकेको छ ।
 





  • प्रकाशित मिति : मंसिर २४, २०७५ साेमबार १७:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया